कन्काई सिंचाई व्यवस्थापन कार्यालयको मुख्य उद्देश्यहरू निम्न अनुसार रहेका छन :
सम्बन्धित कार्य क्षेत्रमा
- विद्यमान जलस्रोतको विकास गरी सिंचाइ योग्य जमिनमा वर्षै भरी समतामुलक सिंचाइ सेवा विस्तार गर्ने ।
- कृषक सहभागितामूलक अवधारणा अनुरुप उपभोक्ताहरुको संस्थागत विकास गर्ने र सिंचाइ प्रणालीको दिगो व्यवस्थापन गर्ने ।
- सिंचाइ क्षेत्रको विकाससँग सम्बन्धित प्राविधिक जनशक्ति, उपभोक्ता र सरकारी संघ-संस्थाको ज्ञान, सीप र संस्थागत कार्य दक्षतामा अभिवृद्धि गर्ने गराउने ।
- कृषि उत्पादन वृद्धिका लागि जल उपभोक्ता संस्थालाई सामुहिक खेती र कृषि यान्त्रिकिकरण तर्फ अभिप्रेरित गर्दै सहकारी संस्थामा रुपान्तरण गर्ने ।
कन्काई सिंचाई व्यवस्थापन कार्यालयबाट सम्पादन हुने मुख्य कार्यहरू निम्न अनुसार रहेका छन :
- सम्बन्धित कार्य क्षेत्रमा भएका नहर बाँध तथा अन्य संरचनाहरुको रेखदेख तथा हेरविचार गर्ने ।
- कृषक उपभोक्ताहरुको माग बमोजिम पानी उपलब्ध गराउन सिंचाइ प्रणालीको संचालन तालिका (Operation Schedule) अध्यावधिक राख्ने र सो संचालन तालिका अनुसार नहर संचालन गर्ने गराउने ।
- सिंचाइ प्रणाली संचालनको शिलशिलामा मूल नहर, शाखा नहर तथा प्रशाखा नहरहरुमा पानीको बहावको (Time Series) लगत राख्रने र आवश्यकता अनुसार मन्त्रालय तथा अन्य निकायमा उपलब्ध गराउने ।
- सिंचाइ प्रणाली संचालनमा सम्बन्धित जल उपभोक्ता संस्थाहरुको सहभागिता क्रमिक रुपमा बढाउदै लैजाने र सिंचाइ नीति अनुसार ब्यवस्थापन पक्ष क्रमिक रुपमा सम्बन्धित उपभोक्ताहरुलाई हस्तान्तरण गर्दै जाने ।
- कार्यालय अन्तर्गत रहेका जल उपभोक्ता संस्थाहरुको लगत अद्यावधिक गरी उनीहरुको संस्थागत विकास गर्न सहयोग गर्ने ।
- सिंचाइ नीति अनुसार सिंचाइ सेवा शुल्क लगत अध्यावधिक राख्ने र जल उपभोक्ता संस्थालाई सिंचाइ सेवा शुल्क उठाउन सहयोग गर्ने ।
- कार्यालय अन्तर्गतका सिंचाइ प्रणालीहरुमा On-Farm Water Management को कार्यक्रमहरु संचालन गर्ने ।
- जिल्ला स्तरिय कृषि ज्ञान केन्द्र, कृषि विकास वैंक तथा कृषि सम्बन्धी अन्य कार्यालयहरु सँग समन्वय राखी कृषि उत्पादनमा बृद्धि गराउन मद्दत पु¥याउने ।
- कार्यालय अन्र्तगत मेशिन औजार तथा अन्य भारी उपकरणहरुको मर्मत सम्भार सम्बन्धित यान्त्रिक कार्यालयसँग समन्वय गर्ने, गराउने ।
- कार्यालय अन्तर्गतका नहर प्रणालीहरुको नियमित मर्मत गर्नु पर्ने संरचनाहरुको लगत अध्यावधिक राख्ने र प्राथमिकताको आधारमा मर्मत संभार गर्दै जाने । यसरी प्राथमिकता तोक्दा सम्बन्धित उपभोक्ताहरुसँग सरसल्लाह र समन्वय गर्ने गराउने ।
- आपतकालिन मर्मत संभार गर्नु पर्ने अवस्था भएमा सम्बन्धित मन्त्रालय तथा जल उपभोक्ता संस्थाहरुसँग समन्वय गरी गर्ने ।
- कार्यालय अन्र्तगत सम्पूर्ण सिंचाइ प्रणालीहरुको कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र निर्धारित ढाँचामा समयमै कार्यक्रम प्रगती तथा अन्य विवरण सम्बन्धित निकायमा पठाउने ।
- आर्थिक प्रशासनिक तथा सार्वजनिक निर्माण निर्देशिका अनिवार्य रुपमा लागू गर्ने गराउने ।
- सिंचाइ र यसको उपयोग सम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने ।
- सम्बन्धित कार्यक्षेत्रमा सिंचाइ विकासमा निजी क्षेत्रको प्रवद्र्धन गर्ने ।
- यस संयुक्त ब्यवस्थापनमा रहेको ठूलो सिंचाइ प्रणालीको दिगो ब्यवस्थापनको निम्ति मर्मत संभार र पूनःनिर्माण गर्ने योजना तर्जुमा तथा बजेट ब्यवस्थापन गर्ने ।
- यस संयुक्त ब्यवस्थापनमा रहेको ठूलो सिंचाइ प्रणालीलाई उपभोक्ता तथा कृषकहरुमा पूर्ण वा आंशिक रुपमा हस्तान्तरण गर्न हस्तान्तरण कार्यक्रम संचालन गर्ने ।
- सिंचाइ प्रणालीमा बाह्रै महिना सिंचाइ सेवा सुनिश्चित गराउन तथा जल उपभोक्ता क्षमता अभिबृद्धि कार्यक्रमको ब्यवस्थापन गर्ने ।
- सम्बन्धित कार्यक्षेत्रमा रहेका जलउपभोक्ता सदस्यहरुको सामुहिक खेती र कृषि यान्त्रिकिकरण सम्बन्धि बिबरण, तथ्याङ्क र अभिलेखहरु संकलन गरी व्यवस्थित रुपमा राख्ने र प्रतिफलको अनुगमन तथा मूल्याङ्कन गर्न प्रभाव अध्ययन गराउने ।