logo/Nepal-flag_xlqhlcy.gif
logo/Nepal-flag_xlqhlcy.gif

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व पुन्हि - १५

परिचय

कृषि उत्पादनमा वृद्धि ल्याई आर्थिक विकास अभिवृद्धि गर्नुका साथै खाद्यान्नको आपूर्तिमा सुरक्षा प्रदान गर्नका लागि सिंचाइ सुविधाको विकास र विस्तार अत्यन्त आवश्यक छ। देशमा सिंचाइ सेवाको विकास र विस्तारको लागि परापूर्व कालदेखि कृषकहरु आपैंmले लगानी गदैं आईरहेकाछन। विशेष गरी योजनाबद्ध विकासको थालनी पश्चात् नेपाल सरकारले सिंचाइमा लगानी गदैं आएको छ।सिंचाइ क्षेत्रको विकास र विस्तारमा नेपाल सरकारको प्रमुख निकायको रुपमा जलश्रोत तथा सिंचाइ विभाग रही आएको छ भने प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वधार बिकास मन्त्रालय र सो मातहतका कार्यालय रहेका छन। देशको बदलिदो परिस्थिति र संघियता कार्यन्वयनको क्रमसँगै नेपाल सरकार मन्त्रिपरिषद्को २०७५÷०६÷०५ गतेको निर्णयानुसार भौतिक पूर्वधार बिकास मन्त्रालय, प्रदेश १ अन्तर्गत कन्काई सिचाई ब्यबस्थापन कार्यालयको कर्मचारी दरवन्धी सहित व्यबस्था भएको छ। झापा जिल्लाको शिवशताक्षी-१० न.पा. मा ६--० क्षेत्रफमा रहेको कार्यालयको कार्यक्षेत्र झापा जिल्लाको कन्काई सिचाइ प्रणाली रहेको छ। सम्बन्धित कार्य क्षेत्रको सिचाईयोग्य क्षेत्रभित्र जलश्रोतको उपयोगबाट सिचाई सेवालाई बिस्तार गरी कृषि उत्पादन र उत्पादकत्वमा बृद्घि गर्न भरपर्दो, पहुँचयोग्य, समतामुलक र सहभागीतामुलक सिचाई सेवा उपलब्ध गराउने उदेश्यले कोशी प्रदेश सरकार अन्तर्गत यस सिचाई ब्यबस्थापन कार्यालयको व्यवस्था गरिएको छ। सम्बन्धित कार्य क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्न, सिंचाइ क्षेत्रको विस्तार गर्न, सिंचाइ, भूमिगत सिंचाइ, सिंचाइ व्यवस्थापन तथा सिंचित क्षेत्रको बचावट जस्ता कार्यक्रममा सन्तुलन र समन्वय कायम राख्न, सिंचाइ सम्बन्धी नीति नियमहरुको कार्यान्वयन गर्न, आयोजना एवं व्यवस्थापन प्रणालीको मर्मत संभार गर्न, वातावरणीय सन्तुलन कायम राख्न, प्रभावकारी रुपमा अनुगमन तथा मूल्याङ्कन गर्न यस कार्यालयको भूमिका रहको छ।